१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गौशालाबाट करिब दुई किलो सुनसहित तीनजना पक्राउ


0
Shares

काठमाडौं, साउन २० । प्रहरीले काठमाडौंको गौशालाबाट करिब दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

महानरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार बिहान एक किलो ८५० ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

कुबेतबाट आएका नेपाली यात्रुहरुमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन लिएका तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सुन लिएर आउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।