
काठमाडौं, साउन २० । नेपाल राष्ट्र बैंकले कोभिड महामारी प्रभावित क्षेत्र तथा व्यवसायलाई दिइएको सहुलियतलाई निरन्तरता दिने भएको छ ।
केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिमा पनि पुनर्कर्जा लगायतका सहुलियतलाई निरन्तरता दिने भएको छ । आगामी मौद्रिक नीतिका सन्दर्भमा संसद्को अर्थ समितिसंगको छलफलमा गभर्नर महाप्रसाद अधिकारीले पुनर्कर्जा कार्यक्रमलाई निरन्रता दिइने बताउनुभएको हो ।
कोभिड संक्रमण र त्यसको प्रत्यक्ष असर कायम रहेसम्म पुनर्कर्जाको निरन्तरता गर्नुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । ऋणको नवीकरण र पुनर्संरचना भने काोभिड र निषेधाज्ञाको व्यवसायमा परेको प्रभावका आधारमा विषयगत रूपमा हेर्ने पनि उहाँले जानकारी गराउनुभयो ।
छलफलमा राष्ट्र बैंकल सांसदहरुलाई ४४ बुँदे प्रतिवेदन वितरण गरेको थियो । प्रतिवेदनमा व्यापार घाटा र शोधनान्तरमा चाप न्यूनीकरण गर्न विलासिता र अनावश्यक वस्तुको आयातमा नियन्त्रण र प्रतिस्थापनमा जोड दिनु पर्ने उल्लेख छ । अहिले मुुलुकको चालु खाता घाटा २ खर्ब ९३ अर्ब रुपैयाँ माथि पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्