२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण


0
Shares

काठमाडौं, साउन २० । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहनुभएका नेता खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो ।

प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उहाँकास्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

केही समय अस्पतालमै आराम गरेपछि नेता खनाल स्वदेश फर्कने पारिवारिक श्रोतले जनाएको छ ।