१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सम्मानजनक जिम्मेवारी पाए जान्छु, अदालत जानेबारेमा सोचेको छैनः हितेन्द्रदेव शाक्य


13
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफ्नो राजीनामा नमागेको तर वैकल्पिक व्यवस्थाबारे सोधिएको स्पष्ट पार्नुभएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको स्थानमा कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको खबर मंगलबार सार्वजनिक भएपछि बुधबार पत्रकारहरुसँग शाक्यले प्रष्टीकरण दिनुभएको हो ।

आफूलाई कुन वैकल्पिक जिम्मेवारी दिन सकिन्छ भन्नेबारे कुरा भएको भन्दै उहाँले भन्नुभयो, ‘मेरो क्षमता, अनुसार अहिलेसम्मको दक्षता अनुसार मलाई जहाँ जिम्मेवार दिएपनि सरकारले खटाएको ठाउँमा काम गर्न कुनै गाह्रो छैन ।’

महामारीका समय प्राधिकरणमा उल्लेख्य काम गरेकाले अदालतसम्म जानुपर्ने अवस्था नआउँला भन्दै शाक्यले भन्नुभयो, ‘अन्याय भयो भने अदालत जाने हो, उनले भने नत्र किन अदालतमा जानु ?’

अन्यत्र काम गर्न पठाउँदा दण्डित गरेको देखाउने नभई आवश्यकता देखाएर लैजानुपर्ने उहाँको भनाइ थियो ।

लकडाउनका कारण चुहावट कम गर्न भने जसरी नसकिए पनि प्रशारण लाइन जोड्नेजस्ता काममा प्रगति भएको शाक्यले जानकारी दिनुभयो ।