
एजेन्सी । कोरोना संक्रमण पुनःफैलिन थालेपछि चीन सरकारले पछिल्लो पटक सुरु गरेको खोप अभियान स्कुलमा अध्ययनरत विद्यार्थी लक्षित गरेको छ ।
गत जनवरीयता बुधबार चीनमा सबैभन्दा धेरै ७१ जना नयाँ संक्रमित फेला परेका छन् । डेल्टा भेरियन्टको संक्रमण रोक्न चीनले १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लक्षित खोप अभियान सुरु गरेको हो । चीनको १६ वटा प्रान्तहरु र केही नगरपालिकामा डेल्टा संक्रमण फैलिसकेको छ ।
चीनको शिक्षा मन्त्रालयले स्थानीय अधिकारीहरुलाई स्कुलका विद्यार्थी केन्द्रित खोप अभियान चलाउन निर्देशन दिएका छन् ।
चीन सरकारले यो बर्षको अन्त्यसम्ममा आफ्ना ८५ प्रतिशत नागरिकलाई खोप दिइसक्ने लक्ष तय गरेको छ । विज्ञहरुले चीनमा संक्रमण नियन्त्रणमै रहे पनि सामाजिक दुरीको पालानासँगै खोप र अन्य उपायहरुलाई पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्