६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


गजेन्द्रनारायण सिंह अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र


0
Shares

 

काठमाडौं, मंसिर १७ । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ ।

अस्पतालमा वर्षौं देखि थन्किएर रहेको अटोक्लेव मेसिनलाई प्रयोगमा ल्याउन आवश्यक पूर्वाधार समेत निर्माण गरी फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

अस्पतालमा दैनिक प्रयोग हुने स्लाइन बोतल, पाइप, केनुला, ग्लोभ्स, मास्क, सिरिन्जलगायत सामानलाई अटोक्लेव मेसिनमा राखेर निर्मलिकरण गर्ने गरिन्छ ।

मानवीय स्वास्थ्यमा हुन सक्ने संक्रमणको खतराबाट जोगिन तथा प्रयोग विहीन सामानलाई संकलन गरी विक्री गर्न थालिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।