१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


शिक्षक र बोर्ड अभ्यस्त नहुँदा एसईईको परीक्षाफल ढिला


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं, साउन २० । विगतमा अंक तोकिने गरिएकामा विद्यालय शिक्षा परीक्षा एसईईलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने भन्दै २०७३ सालबाट अक्षराकंन पद्धतिबाट नतिजा प्रकाशन गर्न थालियो । तर दुर्भाग्यः आधा दशक हुँदा समेत नयाँ पद्धत्तिबारे विद्यालय, शिक्षकमात्र होइन, प्रमाणिकरण गर्ने निकाय राष्ट्रिय परीक्षा बोर्ड समेत अभ्यस्त हुन सकेको छैन ।

यस वर्षको विद्यालय शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड छ । विद्यालयले गरेको आन्तरिक मुल्याकंन सदर गर्ने जिम्मेवारी मात्र बोर्डको रहेकाले नतिजा केबल औपचारिक कर्मकाण्ड मात्र हुनेछ ।

२०७३ सालबाट लागू भएको एसईईको अक्षराकंन प्रद्धतिमा विद्यार्थीको योग्यता, क्षमता, सीप र दक्षता अंकमा मापन गर्न कठिन भइरहेको छ । सिकाइ उपलब्धि निश्चित मापदण्डको आधारमा मूल्यांकन गरी एउटा रेन्ज र तहमा विभिन्न अक्षरबाट सम्बोधन गरी विद्यार्थीबीच सापेक्षता कायम गर्ने सापेक्षित ग्रेडिङ प्रणाली हो अक्षराकंन । यो प्रणलीमा शिक्षक निपूर्ण हुनपर्नेमा अझै अभ्यस्त हुन नसकेको पाइएको छ । त्यही कारण विद्यालयले पठाएको अंकाकन पद्धतिको प्राप्ताकंलाई बोर्डले अक्षराकंन गरिरहनु परेको छ । नम्बरलाई ग्रेडिङमा छुट्याएर अंकमा आएको नम्बारलाई अक्षरमा परिवर्तन गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारी बताउनुहुन्छ ।

२५ वटा समूह बनाएर बोर्डले नतिजा संसोधनको काम गरिरहेको छ । साउन २६ गतेसम्ममा ४ लाख ८४ हजार विद्यार्थीको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ । दशकसम्म अक्षराकंन पद्धतिबारे राम्रोसँग नबुझेको हुनाले शिक्षक र बोर्ड अलमलिरहेको शिक्षाविद् डा. बालकृष्ण लुइटेल बताउनुहुन्छ ।

पुरानै प्रणालीबाट मुल्याकंन हुने र प्रमाणपत्रको अक्षरमात्र नयाँले विद्यार्थीको सिकाई उपलब्धिमूलक नहुन सक्छ ।