२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


खाद्य संस्थान कोरोनाको तेस्रो लहरसँग जुध्न सक्षम


0
Shares

एलबी विश्वकर्मा
काठमाडौं, साउन २० । आगलागीले बस्ती सखाप भएपछि दमकल खरिदको निर्णय गर्ने चरित्रका कारण सरकारका हरेक काम आलोचित हुने गर्छन । कोरोना महामारी आउनुपूर्व तयारी नगर्दा व्यहोर्नु परेको क्षतिले सरकारी संयन्त्र बद्नाम हुने गरेको छ । तेस्रो चरणको कोभिड संक्रमणको बहस चलिरहँदा खाद्यआपूर्तिको जिम्मेवारी पाएको खाद्य संस्थान प्रतिकूल अवस्थासँग जुध्न सक्षम रहेको बताउँछ । यसका लागि पुरानो ढर्रा परिवर्तन गरी डिजिटल सेवामा आफूलाई ढालेको उसको जिकिर छ ।

कोरोना महामारीपछि नेपाल खाद्य संस्थानले उपभोक्ता सेवामा विद्युतीय माध्यमलाई प्रभावकारी बनाएको दावी गर्छ । लकडाउनका कारण समस्यामा परेका नागरिकका लागि सहज रुपमा खाधान्न आपुर्तिका लागि डिजिटल माध्यमको प्रयोगबाट उपभोक्ताका लागि नविनतम काम सुरु गरेको नेपाल खाद्य संस्थानका सूचना अधिकारी शर्मिला सुवेदी बताउनुहुन्छ ।

अनलाइनबाट अडर गरेको खाद्य सामाग्री अर्का दिनमै उपभोक्ताको घर घरमा पुर्याउर्दै आएको नेपाल खाद्य संस्थान बागमती प्रदेशका वरिष्ठ सहायक ललितकुमार यादव बताउनुहुन्छ ।

ग्रामीण भेगसम्म खाद्यान्न आपूर्तिको जिम्मेवारी पाएको संस्थानले स्थानीय तह र सहकारीसँग समन्वयनमा सुपथ मुल्य पसल सञ्चालनको तयारी थालेको सुवेदी बताउनुहुन्छ ।

डिजिटल माध्यमको प्रयोगसँगै व्यापारमा समेत बृद्धि भएको छ । यसैगरी कोरोना कहरका कारण अर्को लकडाउन थपिएको खण्डमा वितरणका लागि २ लाख क्वीन्टल बढी खाद्यान्न स्टक राखिएको छ । यसलाई अझै बढाउने तयारीमा संस्थान जुटेको छ ।

नेपालका अन्य सरकारी कार्यालयहरुले समेत डिजिटल माध्यम प्रयाग गर्नुपर्ने संस्थानको सुझाव छ । प्रविधिको प्रयोगले छिटो छरितो र प्रभावकारी काम हुने गरेको कर्मचारी बताउँछन् ।