प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार–शिक्षण अस्पताल

news

काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले जनाएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा.उत्तमकृष्ण श्रेष्ठले विज्ञप्ति निकाली स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मंगलबार शल्यक्रिया पश्चात सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको छ । हालसम्म सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको व्यहोरा जानकारी गराइन्छ ।’

प्रधानमन्त्री ओली विज्ञ चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा उपचार गराइरहेका छन् । उनलाई भेटघाटका लागि पनि निकै कडाई गरिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...