
REUTERS
एजेन्सी । अमेरिकाको टेक्ससमा आप्रावासी चढेको भ्यान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
घटनामा २० जना घाइते भएका छन् । मेक्सिकोबाट आप्रवासीको रुपमा टेक्सस प्रवेश गरेको भ्यान तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको हो ।
क्षमता भन्दा बढी यात्रु भएकै कारण भ्यान दुर्घटना भएको हुनसक्ने आंकलन गरिएको छ ।
यसअघि गत मार्चमामा पनि आप्रवासी चढेको गाडी ट्रकसँग ठोक्किंदा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो ।
घाइतेहरुको अवस्था गम्भीर रहेकै कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्