२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रदेश १ को प्रदेशसभा बैठकमा अधिकांस सांसदले गरे सरकारको आलोचना


0
Shares

विराटनगर, साउन २१ । प्रदेश–१ को प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले सरकारको आलोचना गरेका छन् । बैठकको सुन्य समयमा बोल्दै राप्रपाकी सांसद इन्दिरा राईले स्वास्थ्य बीमा गरेका सबै जनताले सहज रुपमा उपचार पाउनु पर्ने बताउनुभयो ।

प्रदेशभित्र कोरोना संक्रमण बढ्दै गएकाले परीक्षण तथा उपचार स्थानीय रुपमै सर्वसुलभ ढंगले गर्ने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कांग्रेस सांसद ज्योति सुब्बाले जनचेतनाको अभावले कतिपय ठाउँमा तल्लो वर्गमा मानिसले खोप लगाउन नपाएको भन्दै खोपको अन्योल हटाउन माग गर्नुभयो ।

एमाले सांसद तुलसीप्रसाद न्यौपानले भूमिहीनलाई जग्गा वितरण गर्न बनाइएको आयोग खारेज गरिएको भन्दै तुइन चुडालिएर महाकाली नदीमा खसालिएका आफ्ना नागरिकको विषयमा सरकारले नबोलेको बताउनुभयो ।