२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भुटानले पठाएको तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो


0
Shares

Bhutan Vaccine

काठमाडौं, साउन २२ । मित्रराष्ट्र भुटानले नेपाललाई उपलब्ध गराएको काेराना भाइरसविरुद्धकाे तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भुटानबाट खोप लिएर आएको ड्रुक एयरलाइन्सको विमान बिहान ९:१५ मा आइपुगेको विमानस्थल स्रोतले जनाएको छ ।

भुटानले पठाएको उक्त तीन लाख डोज एस्ट्राजेनेका खोप प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने सरकराले जनाएको छ ।

कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिक चार महिनादेखि दोस्रो डोज खोपको प्रतीक्षामा रहेका छन् । यसैगरी, एस्ट्राजेनेकाको खोप शनिबार जापानबाट पनि आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आफ्ना देशका सबै नागरिकलाई लगाइसकेपछि बढी भएको खोपमध्ये ३ लाख डोज एस्ट्राजेनेका खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो । उक्त खोप अनुदान हो कि पैंचो भन्नेचाहिँ प्रष्ट भइसकेको छैन ।

७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकले अनुदानमा दिएको गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको जनाइएको छ ।