२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


शनिबारदेखि मास्क अभियान सुरु


0
Shares

काठमाडौं, साउन २२ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण गर्न शनिबारदेखि २९ गतेसम्म नेपाल मास्क अभियान सुरु गर्ने भएको छ ।

मन्त्रालयले शुक्रबार गरेको भर्चुयल पत्रकार सम्मेलन गरी संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउन देशव्यापी रुपमा मास्क अभियान कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइयो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जनस्वास्थ्यको मापदण्डमा कडाइ गर्न म पनि मास्क लगाउछु, अरुलाई पनि लगाउन प्रेरित गर्छु म जिम्मेवार नेपाली भन्ने नारासहित अभियान सुरु गरिने जानकारी दिनुभयो ।

एक सातासम्म सञ्चालन हुने अभियानमा मास्क लगाउने उपाय, महत्ववारे जनचेतना फैलाउने उद्देश्य राखिएको जानकारी दिइयो ।

कोरोना संक्रमण नियन्त्रण गराउन मास्क नै प्रमुख उपाय हो । तर मास्कको सहि तरिकाले प्रयोग गर्ने र प्रयोग किन गर्नु पर्छ भन्नेबारे धेरै व्यक्ति अनविज्ञ रहेको पाइएको छ ।