२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अफगानिस्तानमा सरकारको मीडिया प्रमुखको हत्या


0
Shares

एजेन्सी, साउन २२ । अफगानिस्तानमा सरकारको मीडिया प्रमुखको हत्या गरिएको छ । अफगान सरकारको सूचना तथा मीडिया केन्द्रका प्रमुख दवा खान मिनापालको हत्या गरिएको हो ।

बीबीसीका अनुसार तालिबान लडाकूहरुले शुक्रबार मिनापालको हत्या गरेका हुन् ।

अफगानिस्तानका गृह मन्त्रालयका प्रवक्ता मीरवाइज स्तेनकजईका अनुसार अज्ञात बन्दूकधारीले शुक्रबार दिउँसो नमाज पढिरहेका समयमा मनिपालको हत्या गरेको बीबीसीले उल्ल्ेख गरेको छ ।

मिनपाल यसअघि अफगान राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपतिको प्रवक्ताका रुपमा काम गरिसकेका थिए । हत्याको जिम्मेवारी तालिबानले लिएको छ ।