
काठमाडौं, साउन २२ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।
२४ घण्टामा १५ हजार ६७५ नमूना परीक्षण गराउँदा ३७ सय २९ जनामा कोरोना भाइरस (कोभिड(१९)संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ९ हजार ४९३ नमूनाको पीसीआर र ६ हजार १८२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो । जसमध्ये २४ सय ३० नमूनाको पीसीआरबाट र १२सय ९९ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १८ सय ८५ जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेको छ। यस्तै, ७३२ जनाको आइसीयूमा र १५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
होम आइसोलेसनमा ३१ हजार ४२७ जना र संस्थागत आइसोलेसनमा ३५ सय १५ जनाको उपचार भइरहेको भने ३५६ जना क्वारेन्टाइनमा छन्।
प्रतिक्रिया दिनुहोस्