२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सांसद वलीलाई बन्धक नबनाएको लुम्बिनी सरकारको दाबी


0
Shares

काठमाडौं, साउन २२ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री कार्यालयमा बन्धक नबनाएको दाबी गरेका छन् ।

उहाँले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद वलीले मुख्यमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेपछि स्पस्टीकरण पत्र बुझाउन पुगेका नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बुटवल ल्याएको जिकिर गर्नुभएको छ । मुख्यमन्त्रीसँग छलफल भएपछि दिदीसहित त्यहीं बसेको र अरुसँग भेट पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।


‘आफ्नो स्वेच्छाले मुख्यमन्त्री निवासमा बस्ने र त्यहाँबाट हिँड्दाको बखत अपहरण गरी बन्दी बनाएर राखेको मिडियासामु भनेको सुन्दा आश्चर्य लागेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।