
काठमाडौं, साउन २२ । आफ्ना माग पूरा नभए अधिकार प्राप्तिका लागि बालुवाटार घेराउ गर्न लाखौँ शिक्षक सडकमा उतार्ने चेतावनी नेपाल शिक्षक महासंघले दिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शुक्रबार भएको धर्ना कार्यक्रमा बोल्दै महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले ३४ सुत्रीय माग पुरा नभए सरकारलाई घुँडा टेकाउने आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
शिक्षकलाई गरेको विभेदको अन्त्यका लागि शिक्षा ऐन ल्याउन र उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न महासंघले दबाब दिँदै आएको छ ।
गत वैशाख २० गतेदेखि ३४ सुत्रीय माग राखी आन्दोलनमा उत्रिएको महासंघले सरकारले आफ्ना माग सम्बोधन नगरे बालुवाटार घेराउ गर्ने उद्घोषका साथ चौँथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक छ ।
सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने, स्थायी भएका शिक्षकको पेन्सन तथा बढुवामा अस्थायी अवधिको गणना गर्नुपर्ने, शिक्षामा २० प्रतिशत बजेट पर्ने लगायतका ३४ सुत्रीय माग राखी महासंघ आन्दोलनमा उत्रिएको छ ।
महासंघले हरेक शुक्रबार विभिन्न निकायमा धर्ना दिँदै आएको छ । महासंघले अर्को शुक्रबार एक हजार शिक्षक कर्मचारी उतारेर प्रधानमन्त्री निवास बालुवाटार अगाडि तीन घण्टा धर्ना दिने कार्यक्रम तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्