
काठमाडौं, साउन २२ । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकतामा भाँजो नहाल्न अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएको छ ।
पार्टीको सदस्यता नविकरण गर्नेलगायतका सबै खालका सांगठनिक गतिविधि तत्काल नरोके एकतामा भाँजो हालेको ठानिने सो पक्षको धारणा छ ।
माधव पक्षका केन्द्रिय सदस्यहरुको शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले एकतर्फी रुपमा पार्टीको सदस्यता नविकरण गर्नेलगायतका गतिविधि तत्काल रोक्न ओलीको ध्यानाकर्षण गराएको हो । बैठकपछि पार्टी एकतामा भाँजो हाल्ने काम रोक्न ध्यानाकर्षण गराइएको जानकारी नेता रघुजी पन्तले दिनुभयो । बैठकले पार्टी एकताको निर्णय लिन माधव पक्षीय स्थायी समितिका नेताहरुलाई जिम्मेवारी पनि दिएको छ ।
बैठकमा नेपाल पक्षमा केन्द्रिय सदस्यहरुले पार्टी एकतामै जोड दिएका थिए । वरिष्ठ नेता नेपालले आफू पनि पार्टी एकताकै पक्षमा रहेको जवाफ फर्काउनु भएको थियो । अध्यक्ष ओलीले आफूहरुलाई अल्मल्याउन खोजेको हो कि ? भन्ने आशंका पनि नेपालको थियो ।
माधव नेपाल पक्षले १० बूँदे सहमतिलाई पार्टी एकताको आधार भएको उल्लेख गर्दै थप आधारहरु तयार पार्न सगजताका साथ अध्यक्ष ओली पक्षसँगको वार्तालाई निरन्तरता दिनुपर्नेमा जोड गरेको छ ।
प्रतिक्रिया दिनुहोस्