
काठमाडौं, साउन २२ । नेपाल टेलिकमले आफ्नो कर्पोरेट युजर ग्रुप – सीयूजीसेवामा आकर्षण बढ्दै गएको जनाएको छ ।
यस सेवामा आबद्ध हुने ग्राहकहरुको संख्या वृद्धि हुने क्रम जारी रहेको टेलिकमले जनाएको हो ।
कुनै संस्था÷कार्यालयमा कार्यरत न्यूनतम दशजना मोबाइल प्रयोगकर्ताहरुलाई सियुजीमा समूहमा आबद्ध गराउन सकिन्छ ।
यसमा आबद्ध सदस्यहरु बीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिन्छ भने यसमा आबद्ध नभएका टेलिकमको नेटवर्क भित्रका अन्य नम्बरमा कुराकानी गर्न पनि सकिने जनाइएको छ ।
टेलिकमले २ सय रुपैयाँदेखि १५ सय सम्मका विभिन्न सीयूजी प्याकेजहरु उपलब्ध गराउँदै आएको जनाएको छ ।
न्यूनतम १० जना प्रिपेड÷पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्