६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गते


0
Shares

काठमाडौं, साउन २२ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २८ गते बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा २८ गते दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।