सिन्धुलीका किसानलाई धान भित्र्याउने चटारो

news

सिन्धुली, मंसिर १७ । कमलाखोच, मरिण र चदाहा क्षेत्रका फाँटहरुमा किसानहरुलाई धान काट्ने र भित्र्याउने चटारो परेको छ ।

यस वर्ष लगातार वर्षा भएका कारण सिन्धुलीको मरिण, कमला, चदाहालगायतका क्षेत्रका लगाइएको धानको उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।

यसवर्ष जिल्लामा २५ हजार नौ सय दुई हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

जिल्लामा सावित्री, रामविलास, मकवानपुर–१, खुमल र हाइब्रिड जातको लोकनाथ गरी आधा दर्जन भन्दा बढी आधुनिक जातका धान बालीहरु लगाइने गरिएको छ भने परम्परागत रुपमा मार्सी, कालोधान लोकल बासमती धानसमेत केही मात्रामा लगाइने गरिएको छ ।

यसवर्ष जिल्लामा ८० हजार मेट्रिकटन धान बाली उत्पादन हुने लक्ष्य राखिएको छ । धान बालीले जिल्लामा कुल ५० प्रतिशत खाध्यानको माग धान्ने कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...