१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काठमाडौंमा १४४ केन्द्रमा एस्ट्राजेनेका खोप लगाइँदै, विवरण दर्ता नगरिएकालाई लगाइए कार्वाही


0
Shares


काठमाडौं, साउन २४ । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) भोलिदेखि दोस्रो मात्रा दिन सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

एस्ट्राजेनेका खोप लगाउनकै लागि सरकारले काठमाडौंमा १४४ केन्द्र तोकेको छ । सबैभन्दा बढी केन्द्र काठमाडौं महानगरपालिकामा रहेको छ ।

आइतबारसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउन कायम गरिएका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेकाको खोप पनि लगाइने काठमाडौं स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी, कार्यालयले स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने भन्दै अन्यथा गरिएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न कर्मचारीलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।