
काठमाडौं, साउन २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद सम्हालेको एक महिना पुग्नै लागेको छ । एक महिना हुनलाग्दा पनि देउवाले मन्त्रिमण्डल गठन गर्न सक्नुभएको छैन । त्यतिमात्र होइन, उहाँले आफ्नै सचिवालय पनि बनाउन सक्नुभएको छैन ।
कोरोना महामारीले दैनिक दर्जनौं नागरिक अनाहकमा मृत्युको मुखमा पुग्दा स्वास्थ्य जस्तो मन्त्रालयमा मन्त्री नियुक्त गर्ने आवश्यकता उहाँले देख्नुभएको छैन । नियुक्त गरिएका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठप्रति उहाँकै पार्टी कांग्रेस र आमजनमानसबाट तीब्र आलोचना भएपछि गठबन्धनको बैठकमा प्रधानमन्त्री स्वयंले आत्मालोचना गर्नुपरेको छ ।
प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका नेता केपी ओली नेतृत्वको सरकारलाई अपदस्थ गर्दै एमालेकै माधव नेपाल पक्ष, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र जनमोर्चा नेपालको सहयोगमा प्रधानमन्त्री बन्नुभएका देउवाले गठबन्धनमा सहमति नजुट्दा मन्त्रिपरिषद विस्तार गर्न नसक्नुभएको हो ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गरेर पनि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेपछि सर्वोच्च अदालत पुगेका १४६ सांसदको निवेदनमा सुनुवाई गर्दै सर्वोच्चको संवैधानिक इजलाशले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । सोही आदेशपछि राष्ट्रपति विद्या भण्डारीले असार २९ गतेका दिन देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
एक महिनामासत्तारुढ गठबन्धनले बल्ल साझा न्यूनतम कार्यक्रम तयार पारेको छ । सेकेण्ड सेकेण्ड जोगाएर महामारीबाट घेरिएका जनताको ज्यान बचाउन र अर्थतन्त्र जोगाउन लाग्नुपर्ने सरकारको अनिर्णय बन्दी हुन नहुने आवाज उठेको छ । तर गति कछुवाको छ । अत्यावश्यक मानिएको मन्त्रिपरिषद विस्तार गर्न नसकेको, स्वास्थ्य मन्त्रालय रिक्त राखी विवादास्पद व्यक्तिलाई राज्यमन्त्री बनाएको, महाकाली नदीमा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा वेपत्ता भएका जयसिंह धामीको बारेमा भारतको ध्यानाकर्षणसम्म नगरेको जस्ता आरोपबाट घेरिनुभएका देउवा अर्कातिर सस्तो प्रचारका कारण आलोचनामा पर्नुभएको छ ।
सोही दिन आफूसँगै नियुक्त भएका चार मन्त्रीबाहेक देउवाले मन्त्रिमण्डल विस्तार गर्नसक्नुभएको छैन । मूलतः गठबन्धन दलका नेताहरुमा एमालेको नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउन भइरहेको जोडले मन्त्रिपरिषद विस्तारमा अलमल भइरहेको नेताहरुले बताएका छन् । ओलीसँग एकताको विषय नटुंग्गिएकाले केही समय पर्खन नेता नेपालले आग्रह गरेकाले ढिलो भएको देउवानिकट कांग्रेस नेताले बताएका छन् ।
अर्कातिर सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र जसपाभित्र मन्त्री बन्न चाहनेको भीडले सकस बढ्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त मुखै फोरेर आफूलाई परेको दबाबबारे बताइसक्नुभएको छ । कांग्रेसमै पनि सम्मानजनक स्थान नपाए सरकारमा नजाने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बताइसकेको छ । जसपामा पनि मन्त्री बनाउने आश्वासनकै कारण अन्तिम समयमा महन्थ ठाकुरको साथ छाडेर उपेन्द्र यादवको पक्षमा आएकाहरु छन् ।
एक महिनामासत्तारुढ गठबन्धनले बल्ल साझा न्यूनतम कार्यक्रम तयार पारेको छ । सेकेण्ड सेकेण्ड जोगाएर महामारीबाट घेरिएका जनताको ज्यान बचाउन र अर्थतन्त्र जोगाउन लाग्नुपर्ने सरकारको अनिर्णय बन्दी हुन नहुने आवाज उठेको छ । तर गति कछुवाको छ ।
प्रधानमन्त्री भएलगत्तै फेसबुक, ट्वीटरका अलवा इन्स्टाग्राम, टिकटिकसमेतमा खाता खोल्नुभएका देउवाको प्रचार ती माध्यमबाट थालिएको छ । जसमा देउवालाई बीपीपछिको महान् नेताका रुपमा प्रचार गरिएको छ । नेपाली कांग्रेसका सस्थापक सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासमेत उछिनेर बीपीपछिको महान् नेता भन्ने प्रचारलाई कांग्रेसीहरुले नै कुरीकुरी गरिरहेका छन् ।
अत्यावश्यक मानिएको मन्त्रिपरिषद विस्तार गर्न नसकेको, स्वास्थ्य मन्त्रालय रिक्त राखी विवादास्पद व्यक्तिलाई राज्यमन्त्री बनाएको, महाकाली नदीमा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा वेपत्ता भएका जयसिंह धामीको बारेमा भारतको ध्यानाकर्षणसम्म नगरेको जस्ता आरोपबाट घेरिनुभएका देउवा अर्कातिर सस्तो प्रचारका कारण आलोचनामा पर्नुभएको छ ।
आधिकारिक रुपमा आफ्नो सचिवालयसम्म गठन नगर्नुभएका देउवाका पक्षमा उहाँनिकट मानिसहरुको भनाइ राख्दै ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने’… भिडियो प्रचार थालिएपछि त्यसको आलोचना भएको छ । अरु त अरु स्वयं देउवानिकट महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मासमेतले यस्तो प्रचारले पार्टी र देउवा स्वयंलाई क्षय गराउने भन्दै सस्ता प्रचार मन्द गर्न सार्वजनिक रुपमै आह्वान गरिसक्नुभएको छ ।
प्रधानमन्त्री भएलगत्तै फेसबुक, ट्वीटरका अलवा इन्स्टाग्राम, टिकटिकसमेतमा खाता खोल्नुभएका देउवाको प्रचार ती माध्यमबाट थालिएको छ । जसमा देउवालाई बीपीपछिको महान् नेताका रुपमा प्रचार गरिएको छ । नेपाली कांग्रेसका सस्थापक सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासमेत उछिनेर बीपीपछिको महान् नेता भन्ने प्रचारलाई कांग्रेसीहरुले नै कुरीकुरी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्