१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमाले फुटाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको चाहना : सांसद राई


0
Shares

Bimala rai paudel

काठमाडौं, साउन २४ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी (नेकपा एमाले) फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको गम्भीर आरोप लगाउनु भएको छ ।

आइतबार राष्ट्रियसभा बैठकमा सांसद पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रिपरिषदमा समावेश गरौंला भनेर प्रधानमन्त्री देउवा पर्खेर बसिरहेको दावी गर्नु भएको हो ।

सांसद पौडेलले राजनीतिक संयन्त्र बनाउने हल्ला चलिरहेको भन्दै त्यसको बन्धक नबन्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नु भयो । उहाँले केपी ओली नेतृत्वको सरकारपनि यस्तै संयन्त्रको मागले अप्ठयारोमा परेको जिकीर गर्दै उहाँले अहिले पनि सरकारलाई कमजोर बनाउन प्रयास गरिएको दाबी गर्नुभयो ।

सांसद पौडेलले प्रधानमन्त्री देउवालाई पटक पटक संसदप्रति जवाफदेही बन्न तर संविधानले नचिन्ने राजनीतिक संयन्त्रको बन्धन नबन्न आग्रह गर्नु भयो ।