
काठमाडौं, साउन २४ । काठमाडौं महानगरपालिकाले रक्तदान गर्ने संघ संस्थाहरुलाई प्रतिव्यक्ति ५ सय अनुदान सहयोग गर्ने गरेको बताइएको छ ।
राजधानीको बसन्तपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त जानकारी दिनुभएको हो ।
अन्तर्राष्ट्रिय लायन्स क्लव ३२५ ए २ डिष्ट्रिकका २२ क्लवहरुले संयुक्तरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । सो अवसरमा प्रेसर र सुगरको नि:शुल्क जाँच पनि गरिएको थियो ।
कार्यक्रममा महानगर प्रमुख शाक्य, लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ ए २ का डिष्ट्रिक्ट गर्भनर केशव पाण्डे, प्रथप उपाध्यक्ष दिनेश श्रेष्ठ, द्वितिय उपाध्यक्ष उत्तम झाका साथै ईमेज च्यानका महाप्रबन्धक एवं लायन्स क्लब अफ काठमाडौं मेडिटेसनका अध्यक्ष रघुवरभक्त मानन्धरले संयुक्तरुपमा रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गर्नुभउको थियो ।
सो अवसरमा स्माइल फर नेपाल युटुव च्यानलको समेत शुभारम्भ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्