१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


एकैदिन कोरोनाबाट ५५ जनाको मृत्यु, २५ सय ४८ जना संक्रमित


0
Shares

काठमाडौं, साउन २४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ५५ जनाको संक्रमणबाट मृत्यु भएको हो । योसँगै हालसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएकामा काठमाडौं उपत्यकाका मात्रै ९ सय ५१ जना रहेका छन् । काठमाडौंका ७ सय ४०, ललितपुरका १ सय ५५ र भक्तपुरका ५६ जना रहेका छन् ।

हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ७ लाख १४ हजार ८ सय ७७ पुगेको छ । यस्तै आइतबार २ हजार २९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ६९ हजार २ सय ९९ पुगेको छ ।

हाल देशभर ३५ हजार ४ सय ८५ सक्रिय संक्रमित रहेका छन् ।