
पोखरा, साउन २४ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै एक अर्ब बढी लगानी रहेको प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने हो की भन्नेमा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।
व्यवसायीहरुले उचित विकल्पको माग गर्दै विमानस्थल निर्माण समितिसमक्ष ज्ञापनपत्र बुझाएका छन् । निर्माणाधीन विमानस्थलको अवस्था र विमानस्थलका कारण पोखराको पाराग्लाइडिङ के हुन्छ भन्ने चासो लिएर व्यवसायी आयोजनास्थल पुगेका थिए ।
पर्यटकको आकर्षण रहेको प्याराग्लाइडिङ सञ्चालन गर्दा हाल पोखराको सराङ्कोट र तोरीपानीबाट उडान भई फेवातालको किनारामा अवतरण गरिंदै आएको छ ।
विमानस्थल संचालनसँगै यो व्यवसाय संकटमा पर्ने देखिएको छ । तर व्यवसायीहरु भने उचित मापदण्ड दिई हाल कायम स्थानबाटै उडान अनुमति दिनुपर्ने अडानमा छन् ।
प्रतिक्रिया दिनुहोस्