
रुपन्देही, साउन २४ । मास्क लगाऔं, महामारीबाट बचौँ, लकडाउन ननिम्त्याऔं’ भन्ने नाराका साथ आजदेखि रुपन्देहीमा सप्ताहव्यापी कोरोना संक्रमण सचेतना कार्यक्रम सुरु भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सहकार्यमा कार्यक्रम सुरु भएको हो ।
कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले सचेतना कार्यक्रम सुरु गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताउनुभयो ।
सप्ताहव्यापी कोरोना संक्रमण सचेतना कार्यक्रममा मास्कसम्बन्धि जानकारी दिनुका साथै मास्क समेत वितरण गरिने सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा स्वास्थ्य समिति उपसमिति संयोजक गोपाल भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्