२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जसपा सांसदको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, छलफलका लागि भदौं ८ को पेशी


0
Shares

काठमाडौं, साउन २५ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका तीन सांसदलाई थमौती गर्ने आदेश दिन अस्वीकार गरेको छ ।

पार्टी नीति विपरीत शंकर पोखरेललाई समर्थन गरेको भन्दै जसपाले कारवाही गरेपछि पद थमौतीको माग गर्दै सर्वोच्च पुगेका तीन सांसदको मागबारे कुरा बुझ्न भने विपषीहरुलाई बोलाइएको छ ।

उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएलगत्तै लुम्बिनी प्रदेशका सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई कारवाही गरी हटाइएको थियो । सोको जानकारी पाउनेवित्तिकै प्रदेश सभा सचिवालयले ती सांसदलाई सभाबाट हटाएको जनाएको थियो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशले रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि भदौ ८ गते बोलाएको हो । तीन सांसदलाई पदमुक्त गर्नुको कारण पेश गर्न प्रदेश सभा सचिवालय लुम्बिनीलगायत विपक्षीको नाममा कारण देखाऊ आदेश दिइएको छ ।

यसअघिको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकै बेला फेरि कारवाही गरिनु आपत्तिजनक भन्दै उनीहरु न्यायका लागि सर्वोच्च गएका थिए ।