२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


दाङमा खोलाले बगाउँदा आमा छोराको मृत्यु


0
Shares

दाङ, साउन २५ । दाङको ग्वारखोलाले बगाउँदा आमा छोराको मृत्यु भएको छ ।

तुलसीपुर–४ सिम्लेनीका ३६ वर्षीय अमृता घर्ती र उनको दुई वर्षीय छोरा रुद्रको खोलामा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

तुलसीपुर–१९ पतेनीमा माइत जाने क्रममा आज दिउँसो ग्वारखोलाले बगाउँदा आमाछोराको मृत्यु भएको हो ।