१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


थपिए ३६ सय ५१ संक्रमित, २२ जनाको मृत्यु


0
Shares

काठमाडौं, साउन २५ । पछिल्लो २४ घण्टामा देशभर ३६ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५९४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाामा १७ सय ८४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ रहेको छ ।