१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


संयुक्त सरकारको साझा कार्यक्रमलाई परिसंघले गर्‍यो स्वागत


0
Shares

काठमाडौं, साउन २५ । नेपाल उद्योग परिससंघले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सकारात्मक भएको जनाएको छ ।

कार्यक्रमले स्वदेशी वस्तु खपत वृद्धि र औद्योगीकरणमा जोड दिने विश्वास परिसंघको छ । वर्तमान सरकार सञ्चालनका लागि जारी गरिएको ’संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ले कोभिड – १९ को महामारी नियन्त्रण, औद्योगीकरण, र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएको परिसंघकोे ठहर छ । सो कार्यक्रममा भएको उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइने विषयले नेपाल उद्योग परिसंघले अघि बढाएको ’मेक इन नेपाल स्वदेशी–अभियान’लाई विशेष टेवा दिने परिसंघको बुझाइ छ ।

सरकारको साझा न्यूनतम कार्यक्रममा’ स्वदेशी सामानको उत्पादन तथा उपभोगमा जोड दिने र आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमूलक उद्योगमा जोड दिने घोषणा हुनुले नेपाललाई औद्योगिकरणको बाटोमा लैजाने र नेपाली वस्तुकै उपभोग वृद्धिमा सहयोग गर्ने परिसंघको विश्वास छ । सार्वजनिक सेवा प्रवाहमा लाग्ने समय एक तिहाईले घटाउने गरी प्रशासनिक सुधार गर्नेघोषणाले नेपालको समग्र व्यावसायिक सहजता सूचकमा सुधार गर्ने पनि परिसंघको विश्वास छ ।

यसैगरी संसदमा विचाराधीन रहेका आर्थिक क्षेत्रसँग सम्बन्धित सबै विधयेक तीन महिनाभित्र पारित गर्ने घोषणाले नयाँ कानुन निर्माण भइ लगानीको वातावरण निर्माणमा पनि सहयोग गर्ने परिसंघको बुझाइ छ ।