१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तिब्बतमा अहिलेसम्मकै ठूलो विमानस्थल टर्मिनल सञ्चालनमा, दक्षिण एशियाली मुलुकसँगको कनेक्टिभिटी बढ्ने विश्वास


0
Shares

Tibet new airport terminal

एजेन्सी, साउन २६ । चीनले स्वशासित क्षेत्र तिब्बतमा अहिलेसम्मकै ठूलो विमानस्थल सञ्चालनमा ल्याएको छ ।

दक्षिण एशियाली मुलुकसँग कनेक्टिभिटी बढाउने उद्देश्यका साथ शनिबारबाट सञ्चालनमा ल्याइएको ल्हासास्थित गोगंगर विमानस्थलको टर्मिनल–३ तिब्बतियन प्लेटोमै अहिलेसम्मकै ठूलो भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तिब्बत र दक्षिण एशियाली मुुलुकबीच कनेक्टिभिटी स्थापना गर्न यस टर्मिनलले महत्वपूर्ण भूमिका खेल्ने चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोवल टाइम्सले जनाएको छ । वाह्य र घरेलु दुबै प्रयोजनमा यस विमानस्थलले ठूलो भूमिका खेल्ने जनाइएको छ ।

३ हजार ५७० मिटर अग्लाईमा रहेको विश्वकै सबैभन्दा उचाईको नयाँ टर्मिनल बनेसँगै विमानस्थलले ९० लाख यात्रु र ८० हजार मेट्रिक टन कार्गाे व्यवस्थापन गर्न सक्ने खबरहरुमा उल्लेख छ ।

६० करोड डलर लागतमा निर्मित यस टर्मिनलको निर्माण कार्य सन् २०१७ बाट थालिएको थियो ।