
मकवानपुर, साउन २६ । मकवानपुर प्रहरीले ठुलो संख्यामा लागुऔषध (नाईट्रोभेट) सहित एक जनालाई पक्राउ गरेको छ ।
सोमबार राती झण्डै १२ बजेको समयमा बजेको समयमा प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरी टोलीले हेटौंडा १० भुटनदेवी मन्दिरको मोडमा नाईट्रोभेट सहित मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ महादेवस्थान बस्ने ३० वर्षका मनिष ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
रातोमाटेबाट हेटौंडा आउँदै गरेको मोटरसाईकलमा सवार ठकुरीले प्रयोग गरेको झोलाबाट लागुऔषध नाईट्रोभेट ५ हजार ४०० ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।
ठकुरी माथी थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्