१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


प्रधानमन्त्रीज्यू, मेरो दलका नेतालाई मन्त्री दिनुस् न ! : ओली


0
Shares

काठमाडौं, साउन २६ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीबाट गएका नेतालाई मन्त्री दिन आग्रह गर्नुभएको छ ।

ओलीले ‘प्रधानमन्त्रीज्यू, मेरै पार्टीका नेता पाउँला र खाउँला भनेर आएका छन् । मन्त्री दिनुस् न !,’ ओलीको भनाइ थियो, ‘फ्याँ फ्याँ गरेका छन् । चाकडीमा हाजिर भएका छन् । मेरो दलमा घाटा भए पनि सहुँला मन्त्री दिनुस् प्रधानमन्त्रीज्यू । ‘भन्नुभयो ।