४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


नेप्से ५१ अंकले वृद्धि, वित्तीय समूहमा उछाल


0
Shares

काठमाडौं, साउन २६ । पछिल्ला दिन स्थीरजसो रहेको शेयर बजारमा मंगलबार उछाल आयो ।

बजार परिसूचकले फेरि उचाइको रेकर्ड कायम गर्यो । कारोबार पनि १८ अर्ब नजिक पुग्यो । उतार चढावबीच नेप्से ५१ अंकले उकालो लागेर ३१ सय ६१ को उचाइमा पुगेको हो ।

यस अघि गत साउन २० गते नेप्सेले ३१ सय २३ को उचाइ कायम गरेको थियो । यस दिन बढीजसो समूहमा हरियाली छायो । व्यापार, होटल तथा पर्यटन र जलविद्युत बाहेक अरु सबै समूह उकालो लागे ।

विकास बैंक समूहमा ४ सय ६ अंकको उच्च बृद्धि आयो । जीवन बीमा समूह २ सय ११ अंकले उक्लियो । वित्त समूहमा १ सय ९० अंक अनि निर्जीबन बीमा समूह पनि १ सय ४२ अंकले उकालो लाग्यो । लघुवित्त, वाणिज्य बैंक र उत्पादनमूलक समूह पनि दोहोरो अंकले सुधारिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २५ कम्पनीको ३ करोड ३५ लाख कित्ता शेयर १७ अर्ब ८५ करोड बराबरमा किनबेच भएको थियो ।