
काठमाडौं, साउन २६ । महानगरीय प्रहरी परिसर काठमाडौंले खिचापोखरीबाट दुई करोड रुपैयाँसहित ४ जना हुण्डी कारोबारी पक्राउ गरेको छ ।
प्रहरीले १ करोड भन्दा बढिको चेक र नगद ९१ लाख ९६ हजार गरी जम्मा २ करोड ८ लाख सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौ ताहचलका ५३ बर्षीय तनुज अग्रवाल, गोङ्गबुका २५ बर्षीय नितेश श्रेष्ठ, भक्तपुर सल्लाघारी बस्ने २९ बर्षीय नरबहादुर खड्का र जोरपाटी बस्ने ३४ बर्षका अर्जिन चौलागाइ रहेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।
पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीका लागि सम्पत्ति सुद्धिकरण बिभाग पठाइने परिसरले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्