१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


एकैदिन थपिए ४९ सय ४ जना संक्रमित


0
Shares

काठमाडौं, साउन २६ । पछिल्लो २४ घण्टामा ४९ सय ४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २१७ नमूना पिसिआर परीक्षण गर्दा ३ हजार १९४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ९०६ मा परीक्षण गर्दा १७१० मा संक्रमण देखिएको हो ।

कुल १९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा ४९ सय ४ जना संक्रमित थपिएका हुन् ।

थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ११५ जना कोरोनाबाट मुक्त भएका छन् ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ ।