
एजेन्सी । चीनको एक अदालतले लागुऔषध तस्करीमा संलग्न एक क्यानेडेली नागरीकलाई फाँसीको फैसला सुनाएको छ ।
क्यानडाका नागरीक रोबर्ट लोयड स्केलेनबर्गले मृत्युदण्डविरुद्ध गरेको अपिल अदालतले खारेज गर्दै सजाय सुनाएको हो ।
अदालतमा उपलब्ध प्रमाणहरु रोबर्टविरुद्ध पर्याप्त सबुत रहेको अदालतले जनाएको छ । रोबर्टलाई यसअघि १५ वर्षको जेल सजाय सुनाइएको थियो ।
तर सन् २०१९ मा अदालतले सजाय केही उदार भएको भन्दै पुनः दोस्रो पटक मुद्दा चलाएको र सो मुद्दाको सुनुवाइ गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसिले जनाएको छ ।
चीन र क्यानडाबीचको सम्बद्ध तनावपूर्ण रहेको समयमा यो फैसलाले झन तरङग ल्याएको छ । रोबर्टलाई सन् २०१४ मा चीनबाट भारी मात्रामा अस्ट्रेलियामा लागुऔषध लैजान लागेको आरोपमा हिरासतमा लिइएको थियो ।
यद्यपी उनले उक्त आरोप अस्वीकार गर्दै एक पर्यटकको रुपमा आफु चीन भ्रमणमा आएको बताउँदै आएका छन् । चीनको यो निर्णयको क्यनडाले कडा शब्दमा निन्दा गरेको छ ।
चीनका लागि क्यानेडेली राजदूत डोमिनिक बार्टनले चिनियाँ कम्पनी हुवावेका बरिष्ठ कार्यकारी मेंग वांगझुलाई क्यानडामा सुपुर्दगी गर्ने विषयमा छलफल भईरहेको समयमा आफ्ना नागिरकविरुद्वकोे यो निर्णय कुनै संयोग नभएको बताएका छन् ।
मेंग वांगझु चिनियाँ कम्पनी हुवावेका संस्थापक रेन झेगंफेईकी छोरी हुन् । उनलाई अमेरिकाको पक्राउ पुर्जीका आधारमा क्यानडामा हिरासतमा राखिएको छ । रेन झेगंफेईले क्यानडाको यो हर्कत राजनितिबाट प्रेरित भएको बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्