२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विधेयकविरुद्ध प्राधिकरणका कर्मचारी आन्दोलित


0
Shares

काठमाडौं, साउन २६ । नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै प्राधिकरणका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरण विधेयकले हवाई सेवालाई महंगो बनाउनुका साथै स्वार्थ समुहको चलखेलले उड्डयन सुरक्षामा असर पर्ने भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

सोमवारदेखि शुरु गरिएको आन्दालनको कार्यक्रम बिहीबारसम्म जारी रहने कर्मचारीहरुले बताएका छन् ।

उनीहरुले युरोपियन युनियनले नेपाल लगायतका एसियन मुलुकमा व्यापार गर्ने उदेश्य राखेको र व्यापारीहरुको साँठगाँठमा संस्था नीजिकरण गर्न खोजिएको आरोप लगाएका छन् ।

प्राधिकरणको रक्षाका लागि आन्दोलन उत्रिएको उनीहरुको भनाइ छ । हवाई यातायात नियन्त्रक संघका अध्यक्ष श्यामकिशोर साहले राष्ट्र हितविपरितका प्रतिगामी विधेयक रोक्न आफुहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले आज प्रतिनिधि सभामा प्राधिकरण टुक्रयाउने गरी २ विधेयक दर्ता गरेको छ ।