१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पार्टीको इज्जत जोगाऔँ : कांग्रेस नेता केसी


0
Shares

भरतपुर, साउन २७ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले विशेष महाधिवेशन गरेर भएपनि पार्टीको इज्जत जोगानुपर्नेमा जोड दिनुभएको छ ।

बुधबार भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले अन्य ऐन कानून भन्दापनि नेपालको संविधानलाई हेक्का राख्नुपर्ने र भदौ महिनामै महाधिवेशन गर्नुपर्ने बताउनुभयो ।

क्रियाशिल सदस्यता विवादीत रहेको ठाउँमा १३ औँ महाधिवेशनको सदस्यहरुलाई मान्यता दिने र विवाद नरहेको ठाउँमा प्रकृया अनुसार महाधिवेशन गर्नुपर्ने बताउनुभयो ।

उहाँले ५० हजार जरिवाना तिरेर थप समय माग गर्ने हल्ला चलिरहेको भन्दै ऐतिहासिक पार्टी काँग्रेसले समयमै महाधिवेशन नगरेर जरिवाना तिर्यो भन्दा जनतामा के सन्देश जान्छ भन्दै प्रश्न गर्नुभयो ।

नेतृत्वमा को व्यक्ति आउँछ भन्ने गौण रहेको र पार्टीको सकट टार्नुनै अहिलेको प्राथमिकता रहेको प्रष्ट पार्नुभयो ।