८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


दोस्रो कार्यकाल जीवनकै सबैभन्दा ठूलो चुनौति : कुलमान घिसिङ


0
Shares

काठमाडौं, साउन २७ । नागरिक तहबाटै माग भए बमोजिम नेपाल विद्युत् प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त हुनु भएका कुलमान घिसिङले दोस्रो कार्यकाललाई जीवनकै सबैभन्दा ठूलो चुनौतिको रुपमा लिनु भएको छ ।

दोस्रो पटक कार्यकारी निर्देशकमा नियुक्त हुनु भएका घिसिङको स्वागतमा आयोजित कार्यक्रममा उहाँले ठूलो चुनौतीलाई स्वीकार गरेर यो जिम्मेवारी लिएको बताउनुभयो ।

जनअपेक्षा अनुसार प्राधिकरणमा पुनः फर्किएको जिकिर गर्दै घिसिङले सबैले मिलेर प्राधिकरणको साख जोगाउनुपर्ने बताउनुभयो । प्राधिकारणमा केही गलत काम भएको भए सच्याउने र राम्रो काम भएको भए निरन्तरता दिने उहाँको प्रतिवद्धता थियो ।