
तस्बिर फाइल
काठमाडौं, साउन २७ । नेपालको कुल जनसंख्याको ९.५१ प्रतिशत व्यक्तिलाई कोरोना भाइरस विरुद्धको दुई डोज नै खोप लगाइ सकिएको छ ।
१५ प्रतिशतलाई भने पहिलो डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
कोभिशिल्डको पहिलो मात्रा लगाएका १८ लाख ६८ हजार ४ सय २५ जनामध्ये ५ लाख ९७ हजार ८ सय १९ जनाले दोस्रो मात्रा पुरा गरेका हुन् ।
यस्तै भेरोसेल खोपको पहिलो मात्रा लगाएका २७ लाख २ हजार १ सय २८ जना मध्ये १८ लाख ३ हजार ४ सय ३ जनाले दोस्रो मात्रा पुरा गरेका छन् ।
देशभर १२ लाख ७ हजार १ सय ३८ जनाले जोन्सनको खोप लगाएका छन् । सरकारले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसंख्यामा खोप लगाउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्