
अर्घाखाँची, साउन २७ । स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनमा कोरोना रोकथामको लागि मास्क अभियान सञ्चालन गरिएको छ ।
पछिल्लो केही दिनयता जिल्लामा कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बुधबार सदरमुकाम सन्धिखर्कका चोक र गल्ली–गल्लीमा सचेतना अभियान संचालन गर्दै मास्क वितरण गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय विकले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्