४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह रहेको छैन् : अर्थमन्त्री शर्मा


0
Shares

काठमाडौं, साउन २८ । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको स्पष्ट पार्नुभएको छ ।

बिहीबार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै उहाँले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह र डेटामा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताउनुभएको हो । उहाँले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामसहितको विकासको उल्लेख गरिएको बताउनुभयो । उहाँले यसमा कुनै आग्रहको गन्ध नभेटिने पनि प्रष्ट पार्नुभयो ।

मन्त्री शर्माले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा बजेट प्रश्तुत गरिएको बताउनुभयो । यसको निर्णय संसदले गर्ने र बजेटको बारेमा संसोधन, परिमार्जन र प्रतिस्थापन जस्ता कुरा संसदले गर्ने बताउनुभयो । आग्रह र प्रर्वाग्रहमा निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा यो सरकारले बजेट विनियोजन नगर्ने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय गौरवका योजनाहरु निरन्तर रुपमा अघि बढीरहने बताउँदै उहाँले प्रदेश, पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने धाराणा व्यक्त गर्नुभयो । उहाँले मानव सूचाङ्क विकसित नभएका कर्णाली, प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा विशेष महत्व दिइने बताउनुभयो ।