१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जुद्द बारुण यन्त्रको नव निर्मित भवन ललितपुर महानगरलाई हस्तान्तरण


13
Shares

काठमाडौं, साउन २८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइले ललितपुर पुल्चोकमा निर्मित जुद्द बारुण यन्त्रको नव निर्मित साढे पाँच तले भवन ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

२०७२ सालमा आएको विनाशकारी भुकम्पले क्षति पुर्‍याएको भवनको साटो नयाँ भवन निर्माण भएको हो । प्राधिकरण आयोजना कार्यान्वयन इकाइका श्याम कुमार सिहले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई भवनको साचो हस्तान्तरण गर्नुभयो ।

साँचो बुझेपछि मेयर महर्जनले अब बारुण यन्त्रबाट अत्याधुनिक सेवा प्रदान गरिने जानकारी दिनुभयो । १० दशमलब ८ रेक्टरसम्मको कम्पन थेग्न सक्ने भवन ६ करोड रुपैयाँमा निर्माण गरिएको हो ।