२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


पोखरामा थप ७ संक्रमितको मृत्यु


0
Shares

पोखरा, साउन २८ । पछिल्लो २४ घण्टामा पोखरामा मात्रै ७ कोरोना संक्रमितको निधन भएको छ ।

ज्यान गुमाउनेमा पोखरा १५ का एकजना, १६ का एकजना, ३३ का एकजना, १० का एकजना, २९ का एकजना, १४ का एकजना र १३ का एकजना संक्रमित रहेका छन् । कास्की बाहेक गणडकी प्रदेशका अन्य जिल्लामा बिहीबार मृतकको संख्या शुन्य रह्यो । प्रदेशमा हालसम्म ११ सय ६१ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ६५४ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा कास्कीका २५५ जना, म्याग्दीका १२, पर्वतका २२, गोरखाका ३९, लमजुङका ६, तनहुँका १०२, बागलुङका ९७, स्याङ्जाका ५८ र नवलपरासीका ६३ जना रहेका छन् ।

३२४ महिला र ३३० पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुनेको संख्या ७४हजार ५१५ पुगेको छ ।

यस्तै सोही समयमा प्रदेशमा आज ३३२ जना सन्चो भएका छन् । आज सन्चो भएकासँगै हालसम्म ६६ हजार ९०७ जनाले कोरोना जितेका छन् ।

हाल प्रदेशमा ६ हजार ४४७ सक्रिय संक्रमित छन् । जसमध्ये ६ हजार २ सय २१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।