
अर्घाखाँची, साउन २८ । अर्घाखाँची कारागारका ६० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय र सन्धिखर्क नगरपालिको आयोजनामा सन्धिखर्कमा रहेको कारागारमा रहेका ६४ जना बन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो ।
यस्तै योसँगैै जिल्लाभरमा आज १ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय १ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
अब जिल्लाभरमा सक्रिय संक्रमितको संख्या ७ सय ८८ पुगेको छ । यस्तै हाल सम्म जिल्लामा संक्रमण बाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्