१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस बैठक बुढानिलकण्ठमा जारी, महाधिवेशन मंसिरमा सार्ने तयारी


0
Shares

काठमाडौं, साउन २८ । भदौमा तोकिएको महाधिवेशन असम्भव भएपछि महाधिवेशनको नयाँ मिति तोक्न बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले जारी छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा तीनवटा एजेन्डामा छलफल भइरहेको छ । महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका छलफलका लागि पेश गर्नु भएको छ । यस्तै १४ औं महाधिवेशन कार्यतालिका पनि छलफलबाटै ल्याउने तयारी छ ।

साथै केन्द्रीय क्रियाशील समितिका प्रतिवेदन र समायोजनबारे भएका काम र टुंगिन बाँकी रहेका विषयबारे पनि छलफलका लागि पेश भएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठक जारी रहेको जानकारी दिनु भएको छ ।

सहमतिबाटै सबै विषय टुंगोमा पु¥याउने प्रयास भइरहेको उहाँले बताउनुभयो । कांग्रेसले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने भने पनि अहिलेसम्म क्रियाशील सदस्यता विवाद समाधान गर्न सकेको छैन । महाधिवेशन असोज वा मंसिरमा सार्ने तयारी छ ।