१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा ब्राउनसुगरसहित दुईजना भारतीय नागरिक पक्राउ


0
Shares

कपिलवस्तु, साउन २८ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ब्राउन सुगरसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला थाना शोहरतगढ निबी बस्ने २५ वर्षिय सहजाद अन्सारी र सोही स्थानका ३२ वर्षिय मोहम्मद रजा खान रहेको प्रहरीले जनाएको छ ।

शुद्धोधन गाँउपालिका वडा नं.३ हर्दिहवामा लागु औषध बिक्री गरेको सुचना पाए पछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

पक्राउ परेका सहजाद अन्सारीले लगाएको जिन्स पाईन्टको गोजी भित्र तम्बाकु (सुर्ती) राख्ने प्लाष्टिकको प्याकेटमा प्लाष्टिक भित्र कालो डोरीले बाधेर राखेको ३ वटा पोका फेला परेको हो ।

उनिहरुको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो । पक्राउ परेका दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जेएन मरासिनीले बताउनुभयो ।